बेलायतमा आप्रावासी गत बर्ष मात्रै ९ लाख थपिए

डिसी नेपाल
१४ मंसिर २०८१ ७:३६
76
Shares

लन्डन। गत वर्ष युनाइटेड किंगडममा आप्रावासीको संख्या ९ लाख नाघेको छन्। जसका कारण भिसा नियमहरूले आगमनको संख्या घटाउन थालेको यउटा तथ्यांकले देखाएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयको बिहीबारको तथ्यांकले ९ लाख ६ हजार आप्रावासी बिगत १२ महिनादेखि जुन २०२३ सम्म पुगेको हो।

सन् २०२४ को जुनसम्मको रेकर्ड उच्च रहेको सङ्ख्या २० प्रतिशतले घटेर ७, २८,००० पुगेको ओएनएसले बताएको छ। भिसा नियमहरू परिवर्तन भएपछि अध्ययन भिसामा आउने आश्रितहरूको सङ्ख्या भने अहिले घटेको छ।

बेलायतका मतदाताहरू, जसको कुल जनसंख्या लगभग ६८ मिलियन छ, उनीहरूले चिन्ता व्यक्त गरेका छन् कि यति ठूलो संख्यामा भएको आगमनले आवासको प्रकिया बिग्रन सक्छ र सार्वजनिक सेवाहरूमा थप तनाव ल्याउन सक्छ।

२०१६ मा बेलायतले युरोपेली संघ छोड्ने घटना कारण पनि यति धेरै संख्या बढनुको एक कारण मानिएको छ। तर स्वास्थ्य सेवा जस्ता क्षेत्रमा रोजगारदाताले विदेशी कामदारविना काम गर्न नसक्ने बताउँछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *