सुनिल ग्रोवर काठमाडौंमा, आज लाइभ प्रस्तुति दिँदै
काठमाडौं। बलिउडका चर्चित कमेडियन तथा अभिनेता सुनिल ग्रोवर नेपाल आइपुगेका छन्।
उनी बिहीबार काठमाडौंको त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनी आज (शुक्रबार मंसिर १४ गते) हुने सुनिल ग्रोवर ‘लाइभ इन नेपाल’ कार्यक्रममा प्रस्तुति दिनका लागि नेपाल आइपुगेका हुन्।
उनले काठमाडौं नयाँबानेश्वरस्थित होटल एभरेष्टको मैदानमा आफ्नो प्रस्तुति दिन लागेका हुन्। सुनिल ग्रोवर लाइभ इन नेपाललाई लिक्विट इन्टिलिजेन्सले आयोजना गर्न लागेको छ।
काठमाडौं बसाइमा सुनीलले पशुपतिनाथ मन्दिर पनि दर्शन गर्ने जनाइएको छ। उनी शनिबार भारत फर्किने बताइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment