‘युक्रेनी विद्युत संयन्त्रमा आक्रमण गरेर रूसले बदला लिएको हो’-पुटिन

डिसी नेपाल
१४ मंसिर २०८१ १२:०५

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी पावर प्लान्टलाई लक्षित गरी भएको आक्रमणलाई रुसको बदलाको रुपमा व्याख्या गरेका छन् ।

भ्लादिमिर पुटिनले भने, “गत हप्ता युक्रेनले अमेरिका र बेलायतले उपलब्ध गराएको हतियारले रुसमाथि हमला गरेको थियो। त्यसको जवाफमा रुसले बुधबार राति ९० वटा मिसाइल र १०० ड्रोनले युक्रेनमा हमला गरेको थियो।”

रुसले युक्रेनको राजधानी किभका महत्वपूर्ण ठाउँहरूलाई पनि निशाना बनाएको पुटिनले बताएका छन् । यसअघि युक्रेनी वायुसेनाले रुसले आफ्नो पावर प्लान्टलाई लक्षित गरी आक्रमण गरेको बताएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *