टस जितेर जनकपुरले रोज्यो फिल्डिङ

डिसी नेपाल
१५ मंसिर २०८१ १२:४१
32
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा विराटनगर किंग्स्विरुद्ध जनकपुर बोल्ट्सले फिल्डिङ गर्ने भएको।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि टस जितेर जनकपुरका कप्तान अनिल साहले फिल्डिङको निर्णय लिँदै विराटनगरलाई ब्याटिङमा निम्त्याएका हुन्।

प्रतियोगितामा विराटनगर सन्दीप लामिछानेको कप्तानीमा छ। सन्दीप विराटनगरका मार्की खेलाडीसमेत हुन्। यता, जनकपुरका मार्की खेलाडीमा भने आसिफ सेख छन्।

आगामी पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल आठ टिमले प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगिताको पहिलो संस्करणमा विराटनगर किंग्स्, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्यले प्रतिस्पर्धा गर्दै छन्।

सिंगल राउन्ड रोबिन लिग पद्दतिमा हुने प्रतियोगितामा कुल ३२ खेल हुनेछन्। जसमा लिग चरणमा २८, प्लेअफमा तीन र फाइनलको एक खेल समावेश छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *