रूसले कब्जा गरेको क्षेत्र रूसलाई नै छोड्न युक्रेन तयार

डिसी नेपाल
१६ मंसिर २०८१ १३:१८
4.6k
Shares

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्न युक्रेनमा आफ्नो शासन रहेको भागलाई “नेटोमा समावेश गर्न” सुझाव दिएका छन्।

स्काई न्यूजसँगको एक अन्तर्वार्तामा जेलेन्स्कीलाई युक्रेनले हाल बाँकी रहेको क्षेत्रफलको साथमा नेटोको सदस्यता स्वीकार गर्छ कि गर्दैन भनेर सोधिएको थियो।

यसबारे युक्रेनका राष्ट्रपतिले आफूले त्यसो प्रस्ताव स्वीकार गर्ने बताएका छन् । तर सबैभन्दा पहिले सम्पूर्ण युक्रेनलाई आफ्नो अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमासहित नेटोको सदस्यता दिइएमा मात्रै यस्तो हुने उनले बताए।

जेलेन्स्कीले भने – युक्रेनले रूसी नियन्त्रणबाट क्षेत्र फिर्ता लिन “कूटनीतिक रूपमा” वार्ता गर्न प्रयास गर्न सक्छ।

तर, जेलेन्स्कीले अहिलेसम्म आफूलाई यस्तो प्रस्ताव कसैले नगरेकोले यो सुझाव पूर्णतया सैद्धान्तिक नभएको

नेटोले जेलेन्स्कीको यो सुझावलाई विचार गर्नेछ वा गर्दैन भन्नेमा शंका छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *