ट्रम्पले क्यानडालाई भारी आयात कर लगाउने घोषणा गरेपछि उनलाई भेट्न गएका ट्रुडोसँग के कुरा भयो ?
काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँगको भेट निकै राम्रो भएको बताएका छन् ।
फ्लोरिडास्थित ट्रम्पको घरमा दुई देशका नेताबीच भेटवार्ता भएको हो । “हामीले व्यापार र अवैध आप्रवास लगायत धेरै महत्त्वपूर्ण मुद्दाहरूको बारेमा कुरा गर्यौं,” ट्रम्पले ट्रुथ सोशलमा पोस्ट गरेका छन्।
यसअघि शनिबार ट्रुडोले मिडियालाई आफू र ट्रम्पबीच उत्कृष्ट कुराकानी भएको बताएका थिए। यद्यपि, ट्रुडोले कुनै पनि प्रश्नको जवाफ दिन अस्वीकार गरे।
क्यानाडाली प्रधानमन्त्रीले पछि इन्स्टाग्राममा पोस्ट गरे , “राष्ट्रपति ट्रम्प, रात्रिभोजको लागि धन्यवाद। हामी फेरि सँगै गर्न सक्ने कामको लागि म तत्पर छु।”
ट्रम्प र ट्रुडोबीचको यो भेट यस्तो समयमा भएको हो, जब ट्रम्पले केही दिनअघि क्यानडामा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए । यस साताको सुरुमा दुवै नेताबीच फोनमा पनि कुराकानी भएको थियो ।
फ्लोरिडाको यो भ्रमण ट्रुडोको सार्वजनिक कार्यक्रमको सूचीमा समावेश गरिएको थिएन।







डिसी नेपाल







Facebook Comment