छत्तीसगढ-तेलंगाना सीमामा प्रहरीसँगको भिडन्तमा सात संदिग्ध माओवादी मारिए
काठमाडौं । छत्तीसगढ र तेलंगानाको सिमानामा रहेको मुलुगु जिल्लामा प्रहरीले सात संदिग्ध माओवादी मारिएको दाबी गरेको छ ।
तेलंगाना प्रहरीका अनुसार ग्रेहाउन्डका सिपाहीहरू र माओवादीहरूबीच खोजी अभियानमा निस्केका बेला भिडन्त भएको थियो।
घटनास्थलबाट दुई एके ४७ र एउटा इन्सास राइफलका साथै ठूलो परिमाणमा अन्य हतियार, विस्फोटक पदार्थ र दैनिक प्रयोग हुने सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।
एक प्रहरी अधिकारीले भने, “मुलुगु जिल्लाको चालपाका जंगल क्षेत्रमा बिहान करिब ५.३० बजे शंकास्पद माओवादीसँग भिडन्त भएको थियो। एक घण्टाभन्दा बढी समयसम्म चलेको भिडन्तमा कुख्यात माओवादी भद्रुको टोलीका सात सदस्य मारिएका थिए।”
मारिनेमा माओवादीका वरिष्ठ नेता कुसराम मङ्गु उर्फ पपन्ना, इगोल्पु मल्लैया उर्फ मधु, मुसाकी देवल, मुसाकी यमुना, जयसिंह र किशोर रहेको प्रहरीले पुष्टि गरेको छ ।
उक्त क्षेत्रमा अहिले पनि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले अझै केही माओवादी घाइते हुन सक्ने आशंका व्यक्त गरेको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment