एनपीएल : शनिबारको पहिलो खेलमा पोखरा र काठमाडौं भिड्दै

डिसी नेपाल
२९ मंसिर २०८१ ८:४३
72
Shares

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार बिहान पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाज प्रतिस्पर्धा गर्दैछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यो खेल बिहान ९ बजे सुरु हुनेछ। पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदानमा हुनेछ भने काठमाडौंका कप्तान करण केसी हुन्।

प्लेअफ दौडको कठिन मोडमा पुगेका काठमाडौं र पोखराको खेललाई महत्त्वका साथ हेरिएको छ। एनपील तालिकामा पोखरा र काठमाडौंको समान चारचार अंक छ। विराटनगरकोसमेत चार अंक भए पनि रनरेटका आधारमा अगाडि छ।

प्रतियोगितामा एक मात्र हार चाखेको जनकपुर १० अंकसहित शीर्ष स्थानमा हुँदा सुदूरपश्चिम आठ अंकसहित दोस्रो स्थानमा छ। कर्णाली आठ अंकसहित तेस्रो स्थानमा छ भने ६ अंक जोडेको चितवन चौथो स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *