प्रिमियर लिगमा लिभरपुल हारबाट जोगियो

डिसी नेपाल
३० मंसिर २०८१ ८:४४
44
Shares

काठमाडौं – प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुल फुटबल क्लबले बराबरी खेलेर अंक बाँडेको छ।

शनिबार राति भएको खेलमा लिभरपुल हारबाट जोगिँदै फुलह्यामसँग २-२ गोल बराबरी खेलेको हो। लिभरपुललाई हारबाट जोगाउन डिएगो जोटाले ८६ मिनेटमा गोल गरेका थिए।

खेलको ११ मिनेटमा फुलह्यामका परिराले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। १७ मिनेटमा रातो कार्ड खाँदै रोबर्टसन बाहिरिएपछि १० खेलाडीमा सीमित भएको लिभरपुलका लागि कोडी ग्याक्पोले ४७ मिनेटमा गोल गरेका थिए।

१-१ गोलको बराबरी चलिरहेको खेलमा फुलह्यामका मुनिजले ७६ मिनेटमा गोल थपे। हारको नजिक रहेको लिभरपुलका लागि ८६ मिनेटमा जोटाले गोल गरेर जोगाएका थिए।

यो बराबरीसँगै लिभरपुलको १५ खेलमा ३६ अंक छ र लिभरपुल लिगको शीर्षस्थानमै छ। फुलह्याम १६ खेलमा २४ अंकसहित लिगको नवौं स्थानमा रहेको छ।

लिगका अन्य खेलमा आर्सनल र एभर्टनले गोलरहित बराबरीमा खेलेका छन्। न्युक्यासलले लेस्टर सिटीलाई ४-० गोलले पराजित गरेको छ।यस्तै, वल्भरह्यामालाई आइपिसविचले २-१ र नटिंहटम फरेस्टले एस्टन भिल्लालाई २-१ ले पराजित गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *