भारतको सहयोगमा राप्ती नगरमा अस्पताल भवन निर्माण हुने
चितवन। जिल्लाको राप्ती नगरपालिकामा महिला र बालबालिकाका लागि भारत सरकारले अस्पताल निर्माण गर्ने भएको छ। नगरप्रमुख शम्शेर लामा र वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत डिएस मीनाबीच अस्पताल निर्माण गर्ने विषयमा सहमति भएको हो।
नगरपालिकामा सोमबार आएको महावाणिज्यदूतको टोलीले प्रारम्भिक विषयमा छलफलसँगै रु २० करोडसम्मको अस्पताल निर्माण गर्ने विषयमा सहमति जनाएको नगरप्रमुख लामाले जानकारी दिए। अस्पताल कहाँ र कस्तो निर्माण गर्ने विषयमा नगरपालिकाले छलफल गर्ने उनले बताए। उनले भने, ‘अस्पताल निर्माण गर्ने विषयमा दुई पक्षबीच निर्णय भएको छ। थप प्रक्रिया हामी अगाडि बढाउँदै छौँ।’
राप्ती नगरपालिका समथर भूभाग र पहाडी क्षेत्रमा पर्दछ। यसको पहाडी भूभागमा चेपाङ समुदायको बसोबास छ। उनीहरुको लागि अस्पताल अपरिहार्य रहेको छ। अतिविपन्न भएकाले टाढा उपचारको लागि जान कठिन हुने गरेको छ। भेटका अवसरमा महावाणिज्यदूत मीनाले राप्ती नगरपालिकामा विकास निर्माणमा गर्नसक्ने सहयोगबारे चासो देखाएको लामाले जानकारी दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment