रेशमा बन्यो पाँच शय्याको आधारभूत अस्पताल भवन

डिसी नेपाल
३ पुष २०८१ ८:२३
64
Shares

गलकोट (बागलुङ),।सङ्घीय सरकारको विशेष अनुदानमा बागलुङको काठेखोला गाउँपालिकाको रेशमा पाँच शय्याको आधारभूत अस्पताल निर्माण गरिएको छ । रु तीन करोड ६४ लाख ६५ हजारको लागतमा गत वर्षदेखि अस्पताल भवन निर्माण सुरु गरिएको थियो ।

काठेखोला – ७ स्थित रेश वडा कार्यालय नजिकै उक्त अस्पताल निर्माण गरिएको हो । गाउँपालिकाले अन्य दुई स्थानमा आधारभूत अस्पताल निर्माण गरेको छ । बिहुँमा बनाएको बिहुकोट आधारभूत अस्पताल उद्घाटन भइसकेको छभने रेशमा पाँच शय्याको अस्पताल भवनलगत्तै सेवा दिनेगरी निर्माण गरिएको काठेखोला–७ का वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए।

नागरिकलाई जटिल प्रकारको स्वास्थ्य समस्या देखिए बागलुङ बजार लैजानुपर्ने बाध्यताको अन्त्य गर्न अस्पताल बनाइएको उनले बताए। गाउँपालिकाले प्रत्येक वडामा स्वास्थ्य संस्था, पायक पर्ने टाढाका रहेका गाउँ नागरिकलाई लक्षित गरी रेशमा अस्पताल बनाएपछि सहज हुने छभने तत्कालै सेवा विस्तारमा पालिकाले ध्यान दिने काठेखोला गाउँपालिकाका प्रवक्ता टीकासङ्गम विकले बताए

गाउँगाउँमा आधारभूत स्वास्थ्य एकाइ स्थापना भएपछि उपचारका लागि सहज भए पनि सेवाको गुणस्तर र जटिल खालका उपचार पनि गाउँमै गर्ने वातावरण मिलाउनका लागि आधारभूत अस्पताल निर्माण गरिएको उनको भनाइ छ । आधारभूत अस्पतालमा मेडिकल अधिकृतसहितको सेवा दिन पालिकाले पहल गरेको अध्यक्ष थापाले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *