श्रीलंकाका लागि नेपाली आवासीय राजदूतमा पूर्णबहादुर सर्वसम्मत अनुमोदित
काठमाडौं । श्रीलंकाका लागि नेपाली आवासीय राजदूतमा पूर्णबहादुर नेपाली सर्वसम्मत अनुमोदन भएका छन्।
आइतबार सिंहदरबारमा बसेको संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिले नेपालीलाई श्रीलंकाको आवासीय र माल्दिभ्सको लागि गैरआवासीय राजदूतमा अनुमोदन गरेको हो।
बैठकपछि समिति सभापति ईश्वरीदेवी न्यौपानेले सर्वसम्मत रूपमा नेपालीको नाम अनुमोदन गरेको जानकारी दिइन्। सरकारले गएको मंसिर १६ गते नेपालीलाई प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाका लागि नेपालको आवासीय राजदूत र गणतन्त्र माल्दिभ्सको गैरआवासीय नेपाली राजदूत पदमा प्रस्ताव गरी पठाएको थियो।
समितिले राज्यका कुनै पनि निकायमा सिफारिस गर्दा समावेशीतामा ध्यान दिन आग्रह समेत गरेको छ। समितिले राजदूतमा सिफारिस गर्दा समावेशी बनाएको भन्दै सरकारलाई धन्यवाद दिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment