संघीय शिक्षा ऐन चाँडै ल्याउनेछौं : मन्त्री भट्टराई

डिसी नेपाल
१४ पुष २०८१ १९:०२
180
Shares

मोरङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले संघीय शिक्षा ऐन चाँडै ल्याइने बताएकी छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आज आयोजित ‘संघीय संरचनामा शिक्षा व्यवस्थापन’ विषयक छलफल एवं सुझाव संकलन कार्यक्रममा मन्त्री भट्टराईले संघीय शिक्षा ऐन संसदीय समितिमा छलफल प्रक्रियामा समेत अघि बढिसकेकाले चाँडै आउने र कार्यान्वयन हुने बताइन्।

मन्त्री भट्टराईले शिक्षा क्षेत्र समस्याग्रस्त भएकाले यसको सुधारका लागि कानुन निर्माण आवश्यक रहेको बताइन्। उनले सरकार कानुन निर्माणका साथै व्यवहारिक पक्षलाई पनि बलियो बनाउने पक्षमा रहेको धारणा राखिन्।

सहकार्य, समन्वय र सहअस्तित्वमा काम गर्न सके शिक्षामा सुधार गर्न सकिने उनको भनाइ थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *