ओलीको गृह जिल्ला जाँदै प्रचण्ड, भ्रष्टचारबिरूद्ध खबरदारी गर्ने

डिसी नेपाल
१५ पुष २०८१ ६:५४
388
Shares

काठमाडाैं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज झापा जाँदैछन्। गौरीगञ्जमा आयोजित भ्रष्टाचार र बेथितिविरुद्धको खबरदारी सभालाई सम्बोधन गर्न उनी आज झापा जान लागेका हुन्।

केपी ओली सरकार भ्रष्टचारमा डुबेको र आफ्नालाइ काखा गर्न लागेको भन्दै नेकपा माओवादी केन्द्रले देशब्यापी रूपमा खबरदारी सभाको आयोजना गरिरहेको छ।

शनिबार महेन्द्रनगर पुगेका प्रचण्ड ओलीको गृह जिल्लामा जान लागेका हुन्। प्रचण्डले सम्बोधन गर्ने उक्त खबरदारी सभामा पार्टी प्रवेश कार्यक्रम पनि राखिएको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *