एकीकृत समाजवादीमा प्रवेश गर्नु अघि वामदेवले राखे शर्तैशर्त

डिसी नेपाल
१५ पुष २०८१ १६:३८
2.4k
Shares

काठमाडौं। वामदेव गौतमले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने सम्भावना रहेको जनाएका छन्। आलोकनगरस्थित नेकपा एसको केन्द्रीय कार्यालयमा पुगेका गौतमले पार्टी प्रवेशका लागि सर्तहरू राखेको जनाएका छन्।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरे पछि गौतमले भने, ‘पुराना कुरा स्मरण गरियो, नयाँ आकासमा कसरी उडने भन्ने छलफल भयो, र पार्टीमा सँगै जाने बारेमा सकारात्मक कुरा भएको छ, हेरौं अब के हुन्छ?’

पार्टी कार्यकारी राष्ट्रपतिको एजेन्डामा जानु पर्ने, अभिव्यक्ति स्वतन्त्रता हुनु पर्ने तथा केन्द्रीय सदस्य पुर्णकालिन हुनु पर्नेलगायतका सर्त राखेको उनले जानकारी दिएका छन्। उनका अनुसार अध्यक्ष नेपालले पार्टी भित्र छलफल गरेर खबर गर्ने आश्वासन दिए पछि बैठक सकिएको थियो।

नेकपा एसले तेस्रो मर्यादाक्रममा राखेर गौतमलाई पार्टी भित्र प्रवेश गराउने प्रयास गरिरहेको छ, त्यसैको सिलसिलामा उनी आज नेकपा एसको केन्द्रीय कार्यालय पुगेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *