रेल्वे स्टेशनको छाना खसेपछि यातायात मन्त्रीविरूद्ध मुद्दा
काठमाडौं। सर्बियाका पुर्व यातायात मन्त्री विरूद्ध रेल्वे सेवामा गैर जिम्मेवारी कार्य गरेको भन्दै अभियोग लगाइएको छ।
सर्बियाका अभियोजकले गत महिना उत्तरी सहर नोभि सादमा रेल स्टेशनको छाना खसेको विषयमा पूर्व यातायातमन्त्री सहित १३ जनालाई अभियोग लगाएका छन्।
गत नोभेम्बर १ मा भएको दुर्घटनामा १५ जनाको ज्यान गएको थियो। सो घटनालाई लिएर अभियोजन पक्षले सोमबार अभियोग दायर गरेको हो।
नोभि सादमा रहेको उच्च सरकारी वकिलको कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै पूर्वाधार मन्त्री, उनका सहसचिव र पुनर्निर्माण आयोजनाका डिजाइनर तथा पर्यवेक्षकलगायत अधिकारी र कार्यकारीलाई अभियोग लगाइएको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment