राप्रपा नेपालको केन्द्रीय समिती बैठक पुष १९ र २० गते बस्ने

डिसी नेपाल
१६ पुष २०८१ १०:३४
76
Shares

काठमाडौं। राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक आगामी पुष १९ र २० गते काठमाडौंमा बस्ने भएको छ।

बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थिति र पार्टीको भाबि कार्यदिशा र कार्यक्रम बारे कार्यपत्र प्रस्तुत गर्ने कार्यसुची रहेको छ भने पार्टीका पदाधिकारीबाट संगठन, प्रशिक्षण, महाधिवेशन, आन्दोलन र आर्थिक बिषयमा प्रतिबेदन पेश हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

बैठकमा अहिले मुलुकमा कायम ब्रम्हलुट र मनपरितन्त्रको बिकल्प आन्दोलन भएकोले सबै राष्ट्रबादी, प्रजातन्त्रबादी, हिन्दुबादी ,राजाबादीहरु एक भएर आन्दोलनमा जानुपर्नेमा विशेष जोड दिइने समेत बताइएको छ।

स्थानीय तहहरुको अधिबेशन, भातृ संगठनहरुको कृयाशिलताका बारेमा पनि बैठकमा छलफल हुनेछ साथै पौष २७ गते राष्ट्रिय एकता दिबस सधै झै भब्यतापुर्बक मनाउने समेत निर्णय हुने पार्टी श्रोतले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *