कांग्रेसको उद्योग तथा व्यापार विभागमा १० सदस्य मनोनीत

डिसी नेपाल
१६ पुष २०८१ १३:०२
172
Shares

काठमाडौं । नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागमा १० जना मनोनीत भएका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य श्री चीनकाजी श्रेष्ठ प्रमुख रहेको उक्त विभागमा उनीहरूलाई मनोनीत गरेका हुन्।

मनोनीत हुनेमा खगेश्वर बोहरा–कञ्चनपुर, मीनबहादुर भण्डारी–जुम्ला, ध्रुव खड्का–काठमाडौं, जमसेर अलि मियाँ–कपिलवस्तु र सीताराम परियार–काभ्रेपलाञ्चोक रहेका छन्।

यस्तै शम्भुहरि बाँस्तोला–सोलुखुम्बु, सञ्जीव घिमिरे–झापा, जुनु गुरुङ–लम्जुङ, ई. विजयकुमार सिंह–रौतहट र राजीव श्रेष्ठ–काठमाडौं रहेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *