प्रधानमन्त्री ओली भए पनि नीतिगत नेतृत्व कांग्रेसकै : सिटौला

डिसी नेपाल
१६ पुष २०८१ १४:३०
116
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारको नेतृत्व नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरे पनि नीतिगत नेतृत्व कांग्रेसले गरिरहेको बताएका छन्।

मंगलबार काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवस एवं सय दिने विशेष अभियान समापन समारोहलाई सम्बोधन गर्दै नेता सिटौलाले जनताको आर्थिक प्रगति अहिलेको आवश्यकता रहेको बताए।

‘अहिले हामी संयुक्त सरकारमा छौं। ठूल पार्टी कांग्रेस र एमाले मिलेर संयुक्त सरकार बनेको छ। प्रधानमन्त्री केपी ओलीजी हुनुहुन्छ। तथापि हामी गर्वका साथ भन्छौं, नीतिगत नेतृत्व नेपाली कांग्रेसले गरिरहेको छ। राज्य सञ्चालनको नेतृत्व प्रधानमन्त्रीले गर्नुभएको होला। तर, नेपालको समग्रमा नेपाली जनतालाई अघि बढाउने नीतिगत नेतृत्व नेपाली कांग्रेस पार्टीले गरिरहेको छ,’ उनले भने।

सिटौलाले नेपालको अस्तित्व रक्षाका लागि, नेपाली जनताको आर्थिक समृद्धि र प्रगतिको लागि नेपाली कांग्रेसले सबै राजनीतिक दललाई एकाकार गरेर राष्ट्रिय मेलमिलाप निर्माण गरी अघि बढ्ने बताए।

पछाडि परेका जनतालाई अगाडि ल्याउनुपर्ने, दलित, महिलाका समस्या समाधान गरेर आर्थिक प्रगतिको पक्षमा नेपाली कांग्रेस पार्टीले डोर्‍याउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *