लोकतान्त्रिक व्यवस्थाको संरक्षण र सम्बर्द्धन आवश्यक छ : मन्त्री सिंह
पाल्पा । उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले संघर्षबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संरक्षण र सम्बर्द्धन गर्नुपर्ने बताएका छन्। मंगलबार पाल्पाको रामपुरमा गणेशमान सिंह स्मृति प्रतिष्ठान भवनको उद्घाटन गर्दै उनले संघर्षबाट ल्याएको लोकतान्त्रिक व्यवस्था बलियो बनाउनुपर्ने बताए। राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा चर्चा गर्दै उनले काँधमा आएको जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए।
सिंहल २०३३ पुस १६ गते मेलमिलापको नीति लिएर स्वदेश फर्कि बिपी कोइराला, गणेशमानसिंहलगायतका नेताको स्वागतमा विमानस्थल पुगे पनि प्रहरीले सिधै गिरफ्तार गरेको सन्दर्भ स्मरण गरे। ‘प्रजातन्त्र, प्रजातान्त्रिक मूल्य मान्यता हामीलाई चाहिन्छ। त्यतिले मात्र पुग्दैन राष्ट्रियता पनि बलियो हुनुपर्छ भन्नेमा उहाँहरूले जोड दिनुभएको थियो,’ सिंहले भने, ‘आजको दिन हामीले संघर्ष गरेर ल्याएको लोकतान्त्रिक व्यवस्थालाई संरक्षण, सम्बर्द्धन गनुपर्छ।’
त्यसका लागि नेपाली कांग्रेसलाई आउँदै गरेको चुनौति सामना गर्न सक्षम, प्रभावकारी र व्यवस्थित पार्टी बनाउनतर्फ ध्यान दिनुपर्नेमा सिंहले जोड दिए। लोकतन्त्र सुदृढ गर्न र राष्ट्रियता मजबुत बनाउनसक्ने गरी कांग्रेसलाई अगाडी बढाउन सके संस्थापक अग्रज नेताको साँचो सम्मान हुने उनले बताए। प्रजातन्त्र बचाउने र राष्ट्रिय बलियो बनाउने नीति लिएर कांग्रेस अघि बढ्नुपर्नेमा सिंहले जोड दिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment