नेपाल तरुण दलद्वारा राष्ट्रिय भेला आह्वान
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले राष्ट्रिय भेला आह्वान गरेको छ।
तरूण दलले पुस २२ र २३ गतेका लागि दलको केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको राष्ट्रिय भेला बोलाइएको विज्ञप्तिमार्फत जानकारी गराएको हो।
पार्टीको केन्द्रीय कार्यालय सानेपा स्थित विपि स्मृती भवनको सभा हलमा हुने भेलाको उद्घाटन बिहान साढे ११ बजे कांग्रेस सभापति शेरवहादुर देउवाले गर्ने तरुण दलले जनाएको छ। भेलामा दलका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्षलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment