रास्वपाले डाक्यो केन्द्रीय कमिटी बैठक

डिसी नेपाल
१६ पुष २०८१ १९:२०
552
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन दिनसम्म बस्ने गरी केन्द्रीय कमिटी बैठक डाकेको छ। बैठक १९, २० र २१ पुसमा बस्ने भएको हो।

बैठकमा प्रदेशका सभापति र महामन्त्रीलाई पनि बोलाइएको छ। बैठकमा पछिल्लो राजनीतिक परिस्थिति तथा रास्वपाको भावी कार्ययोजनाबारे छलफल हुने बताइएको छ।

बैठकले अबको पार्टीको कार्यदिशा र कसरी पार्टी अगाडि बढ्ने, जनतामा पार्टीप्रति कस्तो किसिमको बुझाइ छ, ती कुराहरूको विषयमा पनि छलफल रास्वपा प्रवक्ता मनिस झाले बताए।

रास्वपाले हाल ६० भन्दा धेरै स्थानमा जिल्ला भेला गरिसकेकाले त्यसबारेमा पनि बैठकमा रिपोर्टिङ हुने बताइएको छ। रास्वपाले आगामी वैशाख तेस्रो साता केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *