एकीकृत समाजवादीको पार्टी कार्यालयमा बामदेव, एकताबारे छलफल जारी

डिसी नेपाल
१७ पुष २०८१ १५:२२
264
Shares

काठमाडौं । बामदेव गौतम आलोक नगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय पुगेका छन्। गौतमलाई पार्टीमा भित्राउने तयारी गरिरहेको एकीकृत समाजवादीका नेताहरूसँग छलफलका लागि उनी त्यहाँ पुगेका हुन्।

यतिबेला गौतम र एकीकृत समाजवादीका नेताहरूबीच छलफल जारी रहेको बताइएको छ। छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, महासचिव घनश्याम भूषाल, प्रकाश ज्वालालगायत नेता सहभागी छन्।

एकीकृत समाजवादीका नेता गौतमलाई तेस्रो वरियता दिन सहमत भए पनि उनीसँग आउने अन्य नेताको विषयमा सहमति जुटिसकेको छैन। आजको छलफल सोही विषयमा केन्द्रित रहेको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *