प्रेस चौतारीको महाधिवेशन फागुन २३-२५ गते हुने

डिसी नेपाल
१७ पुष २०८१ १९:४४
48
Shares

काठमाडौं । प्रेस चौतारी नेपालको १०औं राष्ट्रिय महाधिवेशन फागुन २३ देखि २५ गतेसम्म हुने भएको छ।

महाधिवेशन कोशी प्रदेशको औद्योगिक नगरी विराटनगरमा गर्ने निर्णय भएको प्रेस चौतारी नेपालका महासचिव हीरामान लामाले जानकारी दिए। बुधबार सम्पन्न प्रेस चौतारी नेपालको सचिवालय बैठकले सो निर्णय गरेको हो।

अहिले पनि देश र राज्य व्यवस्थाविरुद्ध विभिन्न खालका आक्रमण भइरहेको बेला हुन लागेको महाधिवेशनले त्यसलाई चिर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने लामाले बताए।

‘श्रमजीवी पत्रकारको साझा संगठनको रूपमा रहेको प्रेस चौतारी नेपालको यो महाधिवेशनले पत्रकारको आन्दोलनलाई अघि बढाउन, देशभरि काम गर्ने पत्रकारको आर्थिक र सामाजिक सुरक्षा एजेण्डालाई स्थापित गर्न तथा राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई थप सुदृढ गराउन महत्पूर्ण भूमिका खेल्ने छ’, लामाले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *