प्रधानमन्त्री ओली र श्रीलंकाका पूर्व राष्ट्रपति विक्रमासिंघेबीच भेटवार्ता
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलंकका पूर्व राष्ट्रपति रनिल विक्रमासिंघेबीच आज भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको थियो।
भेटका अवसरमा प्रतिनिधिसभाका सदस्य एवं वरिष्ठ उद्योगपति विनोद चौधरीसमेत सहभागी रहेका थिए।
विक्रमासिंघे प्रधानमन्त्री ओलीका एक पुराना मित्र हुन्। यही पुस १३ गते निजी भ्रमणमा नेपाल आएका श्रीलंकाका पूर्व प्रधानमन्त्रीसमेत रहेका विक्रमासिंघे आज स्वदेश फर्कँदै छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment