माओवादी केन्द्रीय समिति बैठकको एजेण्डा तय

डिसी नेपाल
१८ पुष २०८१ १५:५५
116
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गरेको छ।

आगामी पुस २१ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकका लागि एजेण्डा तय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनसमेत उपस्थित रहेको स्थायी समिति बैठकले केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्रिफिङ गर्ने, दोस्रोमा प्रदेशका अध्यक्षले रिपोर्टिङ गर् र केन्द्रीयले राजनीतिक प्रतिवेदन पेस गर्ने एजेण्डा तय भएको उनले बताए।

त्रिभुवन विश्वविद्यालयको सिनेटको बैठक सम्बन्धित प्राज्ञिक स्थानमै गएर बस्नुपर्ने बताउँदै सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिविको सिनेट बैठक सिंहदरबारमा गरेर मेरिटोक्रेसी र पारदर्शिताको विपरीत काम गरेको माओवादीले ठहर गरेको सुनाए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *