सुदूर पश्चिम नीति तथा योजना आयोगको उपाध्यक्षमा राना

डिसी नेपाल
१८ पुष २०८१ १८:२०
92
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा जीवन राना नियुक्त भएकी छन्।

मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा आज बसेको प्रदेश सरकारको मन्त्रीपरिषद्को बैठकले रानालाई नीति तथा योजना आयोगको उपाध्यक्ष पदमा नियुक्त गरेको हो।

त्यस्तै शेर बहादुर भण्डारी र हिरा चन्द नीति तथा योजना आयोगको सदस्यमा नियुक्त भएका छन्।

द सोसियो कल्चर अफ राना थारु विषयमा विद्या वारिधी प्राप्त रानाले एजुकेशन प्लानिङ म्यानेजमेण्टमा स्नातकोत्तर गरेकी छन्। राना थारु समाजकी पूर्वअध्यक्ष राना नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन्।

मुख्यमन्त्री शाहले बुधबार नै रानालाई उपाध्यक्ष पदको शपथ खुवाएका छन्। त्यसपछि उपाध्यक्ष रानाले नवनियुक्त सदस्यद्वय भण्डारी र चन्दलाई शपथ खुवाइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *