नेपाल प्रहरीका पाँच जना एसएसपीको डीआईजीमा बढुवा सिफारिस

डिसी नेपाल
१८ पुष २०८१ २०:४४
372
Shares

काठमाडौं। सरकारले नेपाल प्रहरीका पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ।

दुई डिआइजीहरुलाई एआइजीमा सिफारिस गरे लगत्तै पाँच एसएसपीलाई डिआइजीमा सिफारिस गरेको हो।

गृह मन्त्रालयअन्तर्गको बढुवा समितिको बिहीबार बसेको बैठकले एसएसपीहरू ईश्वर कार्की, राजेन्द्रप्रसा भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलियालाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।

बढुवा समितिले प्रहरीमा रिक्त रहेका पाँच पदमा बढुवाको सिफारिस गरेको हो। बढुवा समितिको सिफारिसअनुसार अब मन्त्रिपरिषद्ले उनीहरूलाई बढुवा गर्ने निर्णय गर्नेछ। यसअघि बुधबार बढुवा समितिले डीआईजीद्वय कुबेर कडायत र रविन्द्र केसीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो। उनीहरुको सिफारिसपछि प्रहरीमा पाँच डिआइजी पद रिक्त भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *