प्रचण्डलाई एमाले प्रमुख सचेतकको चेतावनी- मनलाग्दी अभिव्यक्ति नदिनुहोला

डिसी नेपाल
१९ पुष २०८१ १२:२२
3.3k
Shares

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समाजलाई विभाजित हुने किसिमका मनलाग्दी अभिव्यक्ति नदिन चेतावनी दिएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै बर्तौलाले राजनीतिक नेतृत्वले समाज विभाजित हुने अभिव्यक्ति दिनु गलत भएको बताएका हुन्

‘नेताहरूको अभिव्यक्ति, व्यवहार र कार्यशैली समाजलाई विभाजित गर्ने परिस्थितितर्फ उन्मुख हुनु हुँदैन। राजनीतिक नेतृत्वले समाजमा जहिले पनि सकारात्मक सन्देश संप्रेषण गर्न जरुरी छ,’ उनले भने, ‘भविष्यमा कतै भेटै नहुनेगरी अभिव्यक्ति नदिनुहोस्। पद अस्थायी रहेकाले सहिष्णुता कायम गर्ने, मुलुक र जनतालाई केन्द्रमा राखेर अघि बढ्ने कुरा नै स्थायी हुन्छ।

राजनीतिक नेतृत्वबाट देशमा सकारात्मक सन्देश प्रभाव हुनु पर्ने अभिव्यक्ति आउनु पर्ने र देशले नै सबैको हित गर्ने उनको भनाइ छ।

‘संसदीय राजनीतिमा हामी भर्खर नर्सरीका विद्यार्थी हौँ। यसो अहिले हेर्दा कहिले लाग्छ, सम्माननीय पूर्वप्रधानमन्त्रीज्यु यहीँ हुनुहुन्छ। हामीलाई यसो लाग्छ, कहिले कहीँ नेताहरुको अभिव्यक्ति, नेताहरुले गरेका व्यवहार, कार्यशैलीहरुले समाजलाई कताकता विभाजित गर्ने परिस्थिति विकास हुन खोजेको हो की भन्ने पनि लाग्छ,’ उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *