माक्सवाद पुरानो हुँदैनः सिपी गजुरेल
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यवाहक महासचिव सिपी गजुरेलले माक्सवाद कहिले पुरानो नहुने बताएका छन्।
शुक्रबार वैज्ञानिक समाजवादी पार्टीको राष्ट्रिय सम्मेलनमा बोल्दै नेता गजुरेलले समस्याबाट अगाडि बढ्दै माक्र्सवादले सबै कुराको विकास गर्ने बताएका हुन्।
उनले भने, ‘हामीले यत्रो लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा जुन विश्वास गरेर आयौं र त्यसमा चाँही समस्याहरु उत्पन्न भएका छन् ठिक हो। यहाँ धेरै कुरा सहि ढंगले अगाडि बढेका छैनन्। कम्युनिष्ट क्रान्ति भनेको उतार चढावको बीचबाट अगाडि बढ्ने कुरा हो। यो सिंधा रेखामा अगाडि बढ्दैन। दायाँ बायाँ हुँदै अगाडि बढ्छ।’
उनले देशमा क्रान्ति हुँदा पनि जनताले चाहेको कुरा पूरा गर्न नसक्दा जनतामा निरासा छाएको बताए। उनले लोकतन्त्र र गणतन्त्रले जनताका समस्या कहिँकतै नगरेको बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment