राप्रपा नेपालको बैठकमा कमल थापाको प्रतिवेदनमाथि छलफल जारी

डिसी नेपाल
२० पुष २०८१ १४:४१
116
Shares

काठमाडौं । राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक जारी रहेको छ।

काठमाडौंको नबदुर्गा पार्टी प्यालेस, चाबहिलमा बैठक चलिरहेको छ। हिजोको बैठकमा अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थितिको समिक्षा र पार्टीको भाबी कार्यदिशा प्रस्तुत गरेका थिए।

शासकीय स्वरुप, निर्वाचन प्रणालीलगायतका विषयमा पार्टीको धारणा तयार गर्न गठित समितिको अन्तरिम प्रतिवेदन उपाध्यक्ष डा. बिष्णु भण्डारी, तराई मधेस उत्थान अभियानबारे उपाध्यक्ष धिरेन्द्र झा, संगठन विभागको प्रतिवेदन महामन्त्री राजाराम बर्तौला, आर्थिक प्रतिवेदन कोषाध्यक्ष ज्ञानेन्द्र कार्की, सचिवालयको प्रतिवेदन सह महामन्त्री हिक्मतजङ्ग भण्डारी, गैर सरकारी बिभागको प्रतिवेदन सहमहामन्त्री महेश्वर रोक्काले प्रस्तुत गरेका थिए।

हिजो पेस भएका कार्यपत्र र प्रतिबेदनमाथि केन्द्रीय सदस्य धारणा राखिरहेको महामन्त्री बर्तौलाले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *