रवि, छवि, जिबीसहित ३९ जनाविरुद्ध काठमाडौंमा पनि मुद्दा दायर

डिसी नेपाल
२१ पुष २०८१ १८:५४
396
Shares

काठमाडौं। काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण अदालत प्रवेश गरेको छ ।

आइतबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई,गोर्खा मिडिया नेटवर्ककै तत्कालीन सञ्चालक छविलाल जोशीलगायत ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो।

जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार रामु शर्माका अनुसार जिल्ला सरकारी वकिलको कार्यालयले गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक समिति सदस्य लामिछानेसहित छविलाल जोशी, स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता तामाङ, सदस्य हमेन्त अधिकारी, रविना रिमाल, पूर्वअध्यक्ष दिपक लामाविरुद्ध मुद्दा दर्ता भएको छ ।

यस्तै सविना आलेमगर, सदस्य भक्तबहादुर भोलन, सविता लामा, पूर्वसचिव प्रदीप लामा, लेखा संयोजक गणेशराज श्रेष्ठ, सुनिता नेवा, शान्तिकुमारी सुवेदी, रोमन काफ्ले, कमल लामा, नविन अछामी, कल्पना कुमारी श्रेष्ठ, राजु बराललाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने र जोशी अहिले प्रहरी हिरासतमै छन् । कास्की जिल्ला अदालतमा उनीहरुको थुनछेक बहस चलिरहँदा काठमाडौंमा मुद्दा दायर भएको हो


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *