नेविसंघ अध्यक्षमाथि कारबाहीको माग गर्दै प्रेमिकाको अनुशासन समितिमा उजुरी

डिसी नेपाल
२१ पुष २०८१ १९:५८
392
Shares

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ अध्यक्ष दुजाङ शेर्पमाथि छानबिन गर्न माग गर्दै पार्टी केन्द्रीय अनुशासन समितिमा उजुरी परेको छ। नेविसंघकी नेतृ प्रेमिका रानाको नेतृत्वमा शेर्पमाथि छानबिन र कारबाहीको माग गर्दै पार्टीमा उजुरी परेको हो।

सभापति शेर्पाले विभिन्न क्याम्पसमा केन्द्रीय प्रतिनिधि पठाउँदा र संगठनका विभिन्न संरचनाका जिम्मेवारी तोक्दा आर्थिक लेनदेन गरेको अरोप छ।

जाजरकोट भूकम्पबाट क्षतिग्रस्त नलगाड नगरपालिकामा विद्यालय पुनः निर्माणको हिसाब सार्वजनिक नगरेको तथा पैसा उठाएर हिनामिना गरेको समेत उनीमाथि लगाइएको छ।

‘काठमाडौं उपत्यका भित्र रहेका निर्वाचित स्ववियू सभापतिहरूलाई केन्द्रीय कार्यालयको भाडा तिर्न रकम देऊ भन्दै दबाब दिने जस्ता अनैतिक गतिविधिले स्वर्णिम इतिहास बोकेको गरिमामय संस्था नेपाल विद्यार्थी सङ्घको साखलाई धमिल्याउन सङ्गठनको नेतृत्व नै लागिपरेको कुरा अवगत गराउँदछौ‚’ उजुरीमा लेखिएको छ ।

वैदेशिक भ्रमणका नाममा नेविसंघ केन्द्रीय सदस्यबाट मोटो रकम असुली गरी गलत जानकारी दिएर ठगी गरेको आरोप शेर्पामाथि छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *