माओवादीले एक महिने जागरण अभियान चलाउने
काठमाडौं । नेकपा माओवादी केन्द्रले फागुन १ गतेदेखि एक महिना तराई/मधेस जागरण अभियान चलाउने भएको छ।
आइतबार बसेको केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले एक महिने तराई/मधेस जागरण अभियान चलाउने बताए।
बैठकबारे जानकारी दिँदै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले हुलाकी राजमार्गलाई आधारित बनाएर अभियान सञ्चालन गर्ने र अर्को एक महिना पूर्व-पश्चिम राजमार्गलाई आधारित बनाएर गर्ने प्रश्ताव राखेको जानकारी दिए।
साथै, उपत्यका विशेष अभियान चलाउने पनि उनले बताए। केन्द्रीय कमिटी बैठकमा पार्टी एकता र वृहत वामपन्थी एकीकरणका लागि समाजवादी मोर्चालाई सक्रिय बनाउने, वैज्ञानिक समाजवादलाई मान्नेहरुसित एकताका लागि पहल गर्ने प्रश्ताव आएको पनि उनले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment