सत्तारुढ दल एमाले र प्रमुख प्रतिपक्ष दल माओवादीका केन्द्रीय समिति बैठक आज पनि जारी रहने

डिसी नेपाल
२२ पुष २०८१ ७:०२
200
Shares

काठमाडाैं। सत्तारूढ दल नेकपा एमालेर प्रमुख प्रतिपक्ष माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक साेमबार पनि जारी रहनेछ।

हिजाेदेखि सुरू भएकाे बैठकमा दुवै दलका अध्यक्षले पेश गरेकाे प्रतिवेदनमाथि बैठकमा छलफल हुनेछ। एमाले बैठक बिहान ११:०० बजेबाट केन्द्रीय कार्यालय च्यासल ललितपुरमा सुरू हुनेछ।

एमाले बैठकमा पेश गरिएकाे राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक विषयसहित एमाले र कांग्रेसका बिचको सहकार्यका बिषयमा पनि उल्लेख गरिएको छ।

जसमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्न सुरू गर्नेछन्। साथै, सरकार गठनयताको ६ महिनाको समीक्षा प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिकाबीच पार्टीलाई कसरी अघि बढाउने बिषयमा केन्द्रीय सदस्यले आ-आफनो धारणा राख्नेछन्।

माओवादी केन्द्रको हिजोबाट स्मार्ट दरबार ब्यांक्वेट धुम्बाराहीमा सुरू भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शिर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका छन्। आजबाट केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सुरू हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *