लेखा समितिका सभापति पोखरेलका ‘स्वकीय सचिव’ विरूद्ध पक्राउ पुर्जी

डिसी नेपाल
२२ पुष २०८१ १६:२०
204
Shares

विराटनगर। सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल कुमार पोखरेललाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ।

ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई  पक्राउ गरी अनुसन्धान गर्न मोरङ जिल्ला अदालतले अनुमति दिएको हो।

अनिलले एमबीबीएसमा नाम निकालिदिने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको उजुरी परेको थियो। उनलाई पक्राउ गर्नका अदालतले अनुमति दिएको सूचना अधिकारी हेमबहादुर  बुढाथोकीले जानकारी दिए।

केही दिन अघि मात्रै सभापति पोखरेलले स्वकिय सचिव अनिललाइ बर्खास्त गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *