कुलमानलाई प्राधिकरणबाट हटाए माओवादीले प्रतिवाद गर्ने

डिसी नेपाल
२३ पुष २०८१ १३:३४
468
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई जिम्मेवारीबाट हटाए प्रतिवाद गर्ने जनाएको छ। आजको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य रञ्जित तामाङले घिसिङलाई सरकारले पदबाट हटाए माओवादी सडक आन्दोलनमा जानुपर्ने बताएका छन्।

घिसिङलाई सरकारले हटाएर तत्काल सडक संघर्षमा जानुपर्ने उनको भनाइ थियो।

सोमबार मात्रै घिसिङलाई ‘पदबाट किन नहटाउने’ भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङलाई ९ बुँदे स्पष्टीकरण सोधेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *