मीनबहादुरले दिएको जग्गा दानको विरोध गर्दा तीन नेता कारबाहीमा, उनीविरुद्ध फेरि उठ्यो एमालेमा आवाज
काठमाडौं । व्यवसायी मीनबहादुर गुरूङले नेकपा एमालेको नेन्द्रीय कार्यालय निर्माणका लागि दिएको जग्गा दान लिने पार्टीको निर्णयप्रति केही नेताले असनतुष्टि जनाएका छन्।
च्यासलमा जारी केन्द्रीय कमिटी बैठकमा केही नेताले कुनै अमूक व्यापारीले दिएको दानको घरबाट पार्टी सञ्चालन गर्नु राम्रो नहुने बताएका छन्। ब्यापारीको दानबाट प्राप्त जग्गामा पार्टी कार्यालय सञ्चालन गर्न नहुनेमा पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईको जोड रहेको एक नेताले बताएका छन्।
उनले जग्गा दिन्छु भन्नेलाई धन्यवाद दिँदै र उक्त निर्णयबाट फिर्ता हट्न नेतृत्वलाई आग्रह गरेका छन्। आफूहरू आएको स्कुलिङबाट उक्त जग्गा लिने निर्ण अचाउन गाह्रो भइरहेको उनले बताए।
भट्टराईले आफूसहित नेताहरू हुर्किएको स्कुलिङ बदल्ने नभएर जग्गा दानमा लिने निर्णय बदल्नुपर्ने प्रस्ताव गरेका थिए । भट्टराईकै तर्कमा अरु नेताले पनि साथ दिए ।
एमालेले भने दानको घरबाट पार्टी चलाउने निर्णयप्रति असहमति जनाउने केही नेतालाई कारबाही नै गरिसकेको छ। पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाटै निष्कासित गरेको एमालेले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र उषाकिरण तिमल्सेनालाई ६ महिना निलम्बन गरेको छ।
गत २५ असोजमा प्रधानमन्त्री केपी शर्मा ओली र व्यापारी गुरूङ दम्पत्तिले कीर्तिपुरमा केन्द्रीय कार्यालय भवन शिलान्यास गरे यता उक्त कदमको पक्ष र विपक्षमा चर्को बहस भइरहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment