एमालेमाथि आक्रमण बढ्दो छ, प्रतिवाद गर्नू : ओली
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी र नेतृत्वमाथि चौतर्फी आक्रमण भइरहेकाले प्रतिवाद गर्न पार्टीपंतिलाई आग्रह गरेका छन्।
मंगलबार केन्द्रीय कमिटी बैठकको समापनमा ओलीले पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको भए पनि पार्टी निरन्तर अघि बढ्ने र आक्रमणको प्रतिवाद गर्न निर्देशन दिएका हुन्।
एमाले र यसको नेतृत्वमाथि आन्तरिक र बाह्य चौतर्फी हमला भइरहेको ओलीको ठम्याइ छ। ‘हामी त्यसलाई परास्त गर्दै निरन्तर अगाडि बढी नै रहनेछौं। डाह गर्नेहरू अनेक लाञ्छना लगाएर एमालेलाई कमजोर बनाउन लागिरहेका छन्,’ उनले भने।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment