दुई महिनाअघि यौनकर्मी युवतीमाथि चक्कु प्रहार गर्ने युवक पक्राउ
काठमाडौं । बाध्यात्मक देह व्यापारमा संलग्न एक युवती (यौनकर्मी)लाई चक्कु प्रहार गरी फरार एक युवकलाई प्रहरीले साढे दुई महिनापछि पक्राउ गरेको छ।
दोलखाको शैलुङ गाउँपालिका-५ का २२ वर्षीय रविन बस्नेतले २२ वर्षीया युवतीमाथि कात्तिक ८ गते काँडाघारीमा छुरा प्रहार गरेका थिए।
रत्नपार्क, पुरानो बसपार्क र भोटाहिटी क्षेत्रलाई आधार मानेर देह व्यापारमा संलग्न नकर्मीसँग शारीरिक सम्बन्ध राखेर पैसा दिन नमानेपछि वादविवाद हुँदा छुरा प्रहार गरेर फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका बस्नेतका विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी परेको छ। जाहेरीको अध्ययन भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment