सल्यानमा दुई दिदीबहिनीको शव फेला, घटना शंकास्पद
सल्यान । सल्यानमा घरभित्र दिदीबहिनी मृत फेला परेका छन्। मृत भेटिनेमा बनगाड कुपिण्डे नगरपालिका–११ सिस्नेपालतकी ३ वर्षीय करिष्मा राना र उनकी ६ महिनाकी बहिनी राघवी राना रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
बुधबार बिहान उनीहरूको शव फेला परेको प्रहरीको भनाइ छ। उनीहरूका बुबा टेकमान राना रोजगारीका सिलसिलामा जिल्ला बाहिर रहेको र आमा पूर्णिमा राना घरमै भए पनि घटनाको विष्तृत विवरण प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ।
स्वास्थ्यमा कुनै समस्या नरहेका उनीहरू मृत अवस्थामा फेला परेकोले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment