संविधान संशोधनबारे प्रधानमन्त्रीको अभिव्यक्ति अशाेभनीय : महामन्त्री शर्मा

डिसी नेपाल
२४ पुष २०८१ १७:०७
1.2k
Shares

काठमाडौं । प्रमुख सत्ता रुढदल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबारे दिएको अभिव्यक्ति अशाेभनीय रहेको बताएका छन्।

यसअघि मंगलबार प्रधानमन्त्री ओलीले संविधान संशोधन २०८७ सालमा मात्रै हुने अभिव्यक्ति दिएको प्रति असन्तुष्टि जनाउँदै शर्माले उक्त कुरा बताएका हुन्।

बुधबार झापाको कचनकवलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले भने, ‘संविधान संशोधन गर्नु नै छ। तर, २०८७ मा मात्र संशोधन हुन्छ भन्ने प्रधानमन्त्रीज्यूको अभिव्यक्ति आपत्तिजनक छ। ‘

उनले संविधान संशोधनबारे केही बोल्न र गर्नुपरे प्रधानमन्त्रीलाई मात्र अधिकार नभएको बताए। कुन विषय र कहिले संशोधन गर्ने भन्ने कुरा गठबन्धनमा रहेका दलका नेतृत्वले सल्लाह गरेर सहमति गर्नुपर्ने उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले अहिले राष्ट्रिय सभामा आफ्नो दल नेकपा (एमाले) को बहुमत नभएको जनाउँदै २०८७ सालमा मात्रै बहुमत पुग्ने र संविधान संशोधन त्यसैबेला हुने बताएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *