जनचाहनाअनुसार नै संविधान संशोधन हुने उपप्रधानमन्त्री सिंहको प्रष्टोक्ति

डिसी नेपाल
२४ पुष २०८१ २२:३४
36
Shares

काठमाडौं। उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनचाहनाअनुसार नै संविधान संशोधन गरिने स्पष्ट पारेका छन्। नेवा एकता दिवसका अवसरमा नेवाः देय्ः दबुले आज टोखामा आयोजना गरेको कार्यक्रममा उनले संविधानलाई थप सुदृढ बनाउन तथा जनतालाई थप अधिकार दिन संविधान संशोधन गरिने बताए।

जटिल राजनीतिक अवस्थामा पहिलो संविधानसभा विघटन भएर दोस्रो संविधानसभाबाट अहिलेको संविधान जारी भएको स्मरण गर्दै उनले संविधानसभाबाट जारी संविधानको प्रभावकारी कार्यान्वय नै अहिलेको आवश्यकता भएको बताए।

‘विधि प्रक्रिया पूरा गरेर जनताको चाहनाअनुसार संविधान संशोधन हुनसक्छ, संविधानले नै समयअनुसार संशोधनको सुनिश्चितता गरेको छ’, उपप्रधानमन्त्री सिंहले भने, ‘संविधानको रक्षा गर्दै संविधानप्रदत्त अधिकारको सदुपयोग गर्दै जानुपर्छ।’

फरक प्रसंगमा उपप्रधानमन्त्री सिंहले कला संस्कृति संरक्षण गर्न नेवार समुदाय नै अग्रसर हुनुपर्नेमा जोड दिए। ‘भाषा, संस्कृति र पहिचान जोगाउन नेवाः देय् दबुले काम गरिररहेको छ, यो अत्यन्त सकारात्मक छ। निरन्तरता पाओस्’, उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *