छविलाल जोशीलाई ८८ लाख धरौटीमा रिहा गर्न आदेश
पोखरा। सहकारी ठगी मुद्दामा छविलाल जोशीसँग ८८ लाख रुपैयाँ धरौटी माग गरिएको छ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वडीआईजीसमेत रहेका जोशीसँग ८८ लाख रुपैयाँ माग गरिएको हो।
अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार लामिछानेलाई ६५ लाख र जोशीलाई ८८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।
सहकारीको रकम गोर्खा मिडियामा लगेर संगठित रूपमा ठगी गरेको र गैरकानुनी सम्पत्ति शुद्धीकरण गरेको अभियोग उनीहरूविरूद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा समेत मुद्दा चलाइएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment