काठमाडौं आउन स्थलमार्ग किन रोजे रविले?

डिसी नेपाल
२६ पुष २०८१ १५:०९
2.5k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पोखराबाट काठमाडौं आउन स्थलमार्ग रोजेका छन्। दुई बजे फ्लाइटमा आउने तय भए पनि त्यसलाई क्यान्सिल गरेर उनी आफ्नै गाडीमा काठमाडौं हिँडेका हुन्।

हवाइ मार्गबाटै जाने तयारी भए पनि नेता कार्यकर्ताको ठूलो समूह भएकाले उनले काठमाडौं आउन स्थलमार्गको प्रयोग गरेको पार्टीका कार्यबाहक प्रवक्ता मनीष झाले जानकारी दिए।

धेरै ठूलो समूह भएका लामिछानेले सबैसँग गाडि मै जाने इच्छा व्यक्त गरेको उनको भनाइ छ।

लामिछाने आजै काठमाडौं जिल्ला अदालतमा उपस्थित तयारीमा छन्। लामिछाने कास्की प्रहरीको हिरासतबाट ८४ दिनपछि बिहीबार ६५ लाख धरौटीमा रिहा भएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *