हिमालयमा हिउँ नहुनु चिन्ताको विषय हो : देउवा

डिसी नेपाल
२६ पुष २०८१ १६:३६
240
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिमालयमा हिउँ नहुनु चिन्ताको विषय भएको बताएका छन्।

आज काठमाडौंमा पार्टीको वातावरण तथा जलवायु परिवर्तन विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘हिमालयमा हिउँ नै छैन। हिउँ पग्लिएका छन्, ग्लेसियर पग्लिएका छन्। नेपालले चाहेर मात्रै हुँदैन। तर, नेपालले धेरै गर्न सक्छ,’ उनले भने।

उनले ग्लोबल वार्मिङको समस्या रहेको भन्दै इन्धनभन्दा बढी इलेक्ट्रिक सवारी साधनमा जोड दिनुपर्ने बताए। ‘यसले हाम्रो देशलाई त स्वच्छ पार्छ, पार्छ। यसले विश्वलाई नै योगदान गर्छ। चीनले पनि त्यसमै जोड गरेको। विश्वका विकसित राष्ट्रहरूले त्यसमै जोड दिएका छन्,’ उनले भने। उनले स्वच्छताको सुरुवात आफ्नै देशबाट गर्नुपर्ने बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *