समाजवादी मोर्चालाई क्रियाशिल बनाउने माओवादी र एकीकृत समाजवादीको निर्णय
काठमाडौं। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समाजवादी मोर्चालाई क्रियाशिल बनाउने निर्णय गरेका छन्। शुक्रबार माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दुई दलका नेताहरुबीचको छलफलले समाजवादी मोर्चालाई क्रियाशिल बनाउने निर्णय गरेको हो।
मोर्चालाई क्रियाशिल बनाउन आगामी माघ २ गते समाजवादी मोर्चामा रहेका चार दलको बैठक बस्ने निर्णय भएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिए। उनले मोर्चालाई सक्रिय बनाउने विषयमा नै दलहरुबीच निरन्तर छलफल भएको बताए। प्रचण्डले वर्तमान गठबन्धन अप्राकृतिक भएकाले धरै दिन नटिक्ने टिप्पणी गरे।
त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले माघ २ गते बैठक बसेर मोर्चालाई क्रियाशिल बनाउने र अन्य दललाई पनि मोर्चामा आबद्ध गर्दै लैजाने जानकारी दिए। संविधान संशोधनका विषयमा आफ्नो पार्टीले पनि कार्यदल बनाएको भन्दै संविधानमा देखिएका कमजोरीलाई सुधार गर्दै अघि बढ्नुपर्ने उनले बताए।
अध्यक्ष नेपालले २०८७ सालमा संविधान संशोधन गर्ने प्रधानमन्त्री केपी ओलीको अभिव्यक्ति सत्ता नछाड्ने दाउ हो कि भन्दै कटाक्ष गरे। उनले देशको आवश्यकताका आधारमा संविधान संशोधन गर्ने कुरामा पछि हट्न नहुने बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment