प्रधानमन्त्री ओलीसँग अध्यक्ष थापाको भेटवार्ता

डिसी नेपाल
२६ पुष २०८१ १७:२६
220
Shares

काठमाडौं । प्रधानमन्त्री केपी ओलीसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले भेट गरेका छन्।

त्यस अवसरमा उहाँहरूबीच समसामयिक राजनीतिक परिस्थितिका बारेमा विचारविमर्श भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले बताए।

राष्ट्रिय एकता दिवसका अवसरमा पार्टीले भोलि अपराह्न आयोजना गर्ने स्वागत समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन प्रधानमन्त्री ओलीलाई अध्यक्ष थापाले आमन्त्रण पनि गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *