मन्त्रिपरिषद् बैठक जारी

डिसी नेपाल
२६ पुष २०८१ १९:४७
1.2k
Shares

काठमाडौं। अहिले मन्त्रिपरिषद् बैठक जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी बैठकको एजेण्डाबारे खुलाइएको छैन। यद्यपि, प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको चर्चा छ।

यसअघि उनी राष्ट्रपति रामचन्द्र पौडेल भेट्न कानुनमन्त्री अजय चौरासियासहित शीतल निवास पनि पुगेका थिए। प्रधानमन्त्री ओलीले सरकारलाई काम गर्न अप्ठ्यारो परेको भन्दै केही नेपाल ऐन संशोधनका लागि अध्यादेश ल्याउने तयारी गरेका छन्। राष्ट्रपतिसँग पनि यसै विषयमा छलफल भएको बुझिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *