संसद‍्मा तालाबन्दी गरेर सरकारले अध्यादेश ल्याउनु गलत : सोभिता गौतम

डिसी नेपाल
२७ पुष २०८१ ११:४०
636
Shares

काठमाडौं । संघीय संसद‍्को हिउँदे अधिवेशन नबोलाएकोमा असन्तुष्टी बढ्दै गएको छ। मंसिरमा नै बोलाउनु पर्ने हिउँदे अधिवेसन माघ लाग्न थालिसक्दा पनि सरकारले आह्वान नगरेको भन्दै असन्तुष्टी बढ्दै गएको हो।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोभिता गौतमले संसद् बैठक आह्वान नगरी अध्यादेश जारी गरेकोमा आपत्ति जनाएकी छन्।

‘मुलुकको कानुन निर्माण गर्ने जननिर्वाचित सर्वोच्च संस्था संघीय संसद २०८१ भदौ ३१ गतेदेखि तालाबन्दीमा छ,’ उनको असन्तुष्टी छ, ‘मंसिर मै संसद् अधिवेशन आह्वान हुनुपर्ने तर माघको चिसोले पनि सरकारको संवेदनशीलता झक्झक्याउन सकेको छैन।’

उनका अनुसार संसदलाइ पन्छाएर सरकारले अध्यादेशमार्फत सरकार चलाउन लागेको छ। ‘सरकार संसदलाई पन्छाउँदै अध्यादेशमार्फत शासन सत्ता संचालन गर्दै निरंकुशताको अमूर्त मार्गतर्फ उन्मुख छ,’ उनले भनेकी छन, ‘हामीलाई विश्वास छ कि सम्माननीय राष्ट्रपतिज्यूले संसद छलेर सरकारले ल्याएका अध्यादेशलाई जारी गर्न अस्वीकार गर्नुहुनेछ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *